दफा
इजाजत पत्र लिनु पर्ने

(१) विष्फोटक पदार्थ उत्पादन गर्न, राख्न, प्रयोग गर्न, बिक्री गर्न, ढुवानी वा परिवहन र पैठारी गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम इजाजत पत्र लिनु पर्नेछ । त्यस्तो प्रत्येक इजाजतपत्रको ढा“चा, त्यसमा लाग्ने दस्तुर र त्यसको म्याद तोकिए बमोजिमको हुनेछ ।

(२) कुनै विष्फोटक पदार्थ उत्पादन गर्ने, राख्ने, प्रयोग गर्ने, बिक्री गर्ने, ढुवानी वा परिवहन गर्ने वा पैठारी गर्ने कामको इजाजतपत्र लिन चाहने वा त्यस्तो इजाजतपत्रको म्याद बढाउन चाहने व्यक्तिले तोकिएको विवरणहरू सहित तोकिएको ढा“चाको आवेदनपत्र प्रमुख जिल्ला अधिकारी समक्ष दिनु पर्छ ।

(३) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरूको अधीनमा रही प्रमुख जिल्ला अधिकारीले कुनै इजाजतपत्रमा लेखिएका कुनै कुरामा सम्बन्धित इजाजतपत्रवालालाई सूचना दिई आवश्यक देखेको संशोधन गर्न सक्नेछ ।

(४) आफ्नो इजाजतपत्रमा संशोधन गर्न चाहने कुनै व्यक्तिले सो संशोधन गर्न चाहेको कुरा र त्यसको कारण खोली प्रमुख जिल्ला अधिकारी समक्ष आवेदनपत्र दिनु पर्छ । त्यसरी संशोधन गर्न लाग्ने दस्तुर तोकिए बमोजिमको हुनेछ ।